काठमाडौं– पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १५ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकमध्ये १० जना ६० वर्ष उमेर कटेका छन्।
मन्त्रालयका अनुसार प्रदेश–१ मा ७० वर्षीय १ पुरुष, बागमती प्रदेशमा ६१ वर्षीय एक महिला र ७७, ६२, ७३, ८५, ७३ र ७० वर्षीय ६ जना पुरुषको मृत्यु भएको छ।
त्यस्तै गण्डकी प्रदेशमा ६३ वर्षीया एक महिला र प्रदेश–५ मा ६२ वर्षीय एक महिलाको निधन भएको छ।
त्यस्तै दुई जना ५० वर्षभन्दा माथिका व्यक्तिको मृत्यु भएको छ। प्रदेश–२ मा ५५ वर्षीय एक महिला र बागमती प्रदेशमा ५५ वर्षीय पुरुषको मृत्यु भएको हो।
प्रदेश–१ मा ४० वर्षीय पुरुष, प्रदेश–५ मा ४७ वर्षीय महिला र बागमती प्रदेशमा २३ वर्षीय एक पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ।
