शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारमा कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी जोशीलाई

अख्तियारमा कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी जोशीलाई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी डा. गणेशराज जोशीले पाएका छन्।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी डा. गणेशराज जोशीले पाएका छन्।

प्रमुख आयुक्त नवीनकुमार घिमिरेको २८ भदौमा कार्यकाल सकिएपछि जोशीले जिम्मेवारी पाएका हुन्।

जोशी घिमिरेसँगै १९ चैत २०७१ मा आयुक्तमा नियुक्त भएका थिए।

जोशीको कार्यकाल आगामी १९ चैतसम्म बाँकी छ। आयोगमा जोशीसँगै डा. सावित्री थापा गुरूङ मात्रै आयुक्त छन्।

घिमिरेको कार्यकाल सकिएसँगै आयोगमा अब तीन जनाको पद रिक्त भएको छ।

संवैधानिक परिषदको बैठक बस्न नसक्दा लामो समयदेखि अख्तियारलगायतका संवैधानिक निकायमा नियुक्ति हुन सकेको छैन।

प्रकाशित: Sep 14, 2020| 16:38 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।