शुक्रबार, भदौ १२, २०८३

प्रदेश १ मा ८७ जना कोरोना संक्रमित थपिए

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको कटहरीमा २ महिला १३ पुरुष, विराटनगरमा १ महिला १३ पुरुष, बुढीगंगामा ५ महिला ८ पुरुष, ग्रामथानमा २ महिला ५ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदामा १ पुरुष र स्थानीय तह नखुलका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा १ महिला १३ पुरुष, धरानमा २ महिला २ पुरुष, इटहरीमा २, भोक्राहानरसिंहमा २, दुहवीमा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ । उता झापाको कमलगाउँपालिकामा १ महिला १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ८२९ पुगेको छ ।

प्रदेश १ मा सोमबार १५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना र न्युरो अस्पताल विराटनगरबाट ७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ । प्रदेश १ मा सोमबार १ हजार ४८३ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये १५ महिला र ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १ लाख ९ हजार १६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित: Sep 14, 2020| 16:27 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।