शुक्रबार, भदौ १२, २०८३

आज ११ सय ७० जनामा कोरोना पुष्टि, ८७९ डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ७० जनामा कोरोना पुष्टि भएको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ७० जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ५५ हजार ३२९ पुगेको छ।

आज सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ छ। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ८१८ जना छन् भने होम आइसोलेसनमा ७ हजार २७५ जना रहेका छन्।

नेपालमा आज १० हजार ८७८ जनाको पीसीआर परीक्षण गरिएको छ। जम्मा ८ लाख ५१ हजार ५०४ जनाको पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या ८७९ रहेको छ। योसहित हालसम्म डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा ६ हजार ८९२ जना बसिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ। योसहित कुल मृतकको संख्या ३६० पुगेको छ।

प्रकाशित: Sep 14, 2020| 16:25 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।