शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले सुरु गरे अनशन

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले सुरु गरे अनशन

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले अनशन सुरु गरेका छन्। जुम्लाको चन्दननाथ ६ बाविरा मन्दिरमा उनले १९ औँ सत्याग्रह सुरु गरेको विज्ञप्तिमार्फत् जनाइएको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले अनशन सुरु गरेका छन्। जुम्लाको चन्दननाथ ६ बाविरा मन्दिरमा उनले १९ औँ सत्याग्रह सुरु गरेको विज्ञप्तिमार्फत् जनाइएको छ।

२०७५ साउन १० गते आफूसँग भएको सम्झौता अनुसार सरकारले चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने लगायतका मागहरु राखेर डा. केसीले अनशन सुरु गरेका हुन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने उनका माग छन्।

साथै केसीले पीसीआर परीक्षणलाई व्यापक बनाएर लकडाउन र निषेधादेश अन्त गर्न माग गरेका छन्।

डा. केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न, विश्वबिद्यालय, काउन्सिल र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नसमेत माग गरेका छन्।

यसअगाडिका सत्याग्रहमा आफूसँग सरकारले गरेका सम्झौता पुरा नगरेकाले आफू पटकपटक सत्याग्रह बस्न बाध्य भएको केसीको भनाइ छ।

प्रकाशित: Sep 14, 2020| 15:08 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।