काठमाडौं- रौतहट, सुनसरी र ओखलढुंगामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
रौतहटमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा देवाही गोनाही नगरपालिका–६ कर्कचकर्मैया टोल बस्ने २० बर्षीय राजेस साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ।
सोनारले २२ भदौमा किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने जानकारीपछि ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस्तै सुनसरीकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका–५ बस्ने भोजपुर दोभान गाउँपालिका–३ घर भएका २१ वर्षीय प्रतिक राईलाई प्रहरीले पक्राउ गरेको छ।
राईले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
त्यस्तै ओखलढुंगामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका–८ सल्लेरी बस्ने २८ वर्षीय राजु तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
तीनवटै स्थानमा भएका घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
