शुक्रबार, भदौ १२, २०८३

आमाको हत्या गरेको अभियोगमा पक्राउ

आमाको हत्या गरेको अभियोगमा झापामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं- आमाको हत्या गरेको अभियोगमा झापामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

कमल गाउँपालिका-७ बस्ने २४ वर्षीय दिनेश ऋषिदेवलाई ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरेका दिनेशले आमालाई बञ्चरो र ढुङ्गा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। मीराको घट्नास्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: Sep 14, 2020| 14:47 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।