शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोक पहिरो : मृतककाे संख्या १३ पुग्यो, १८ जना अझै बेपत्ता

सिन्धुपाल्चोक पहिरो : मृतककाे संख्या १३ पुग्यो, १८ जना अझै बेपत्ता

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

चौतारा– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ।

शनिबार राति गएको पहिरोमा हराएकामध्ये आज थप दुई जनाको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार आज २२ वर्षीय कुमार विक र २१ वर्षीया सोनिया विकको शव फेला परेको हाे।

पहिरोमा परेका १८ जना अझै बेपत्ता छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बेपत्ताको खोजी गरिरहेको छ।

पहिराले बाह्रबिसे नगरपालिका– ७ को घुम्थाङ भिरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन्।

रासस

प्रकाशित: Sep 14, 2020| 14:10 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।