शुक्रबार, भदौ १२, २०८३

जानकी मन्दिर अतिक्रमण गरी बनेको पर्खाल भत्काइयो

जनकपुरधाम– सडक विस्तार गर्ने नाउँमा जानकी मन्दिरकै फूलबारी अतिक्रमण गरी निर्माण गरिएको पर्खाल युवाहरुले भत्काएका छन् ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

जनकपुरधाम– सडक विस्तार गर्ने नाउँमा जानकी मन्दिरकै फूलबारी अतिक्रमण गरी निर्माण गरिएको पर्खाल युवाहरुले भत्काएका छन् ।

जनकपुरधाम उपहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साहको नेतृत्वमा युवाहरुले फूलबारीको जग्गा अतिक्रमण गरी निर्माण गरिएको पर्खाल आइतबार साँझ भत्काएका हुन् ।

जानकी मन्दिर फूलबारीलाई अतिक्रमण मुक्त गराउनकै लागि पर्खाल भत्काइएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साहले जानकारी दिए ।

आइयुडीपीको सडक तथा नाला निर्माण परियोजना अन्तर्गत सडक विस्तार हुनै लाग्दा मन्दिरको फूलबारी अतिक्रमण गरी सो पर्खाल निर्माण गरिएको बताउँदै उनले भने, ‘धार्मिक सम्पदामाथिको आक्रमण तथा अतिक्रमण हामीलाई सह्य छैन ।’

उनले पर्खाल भत्काउने निर्णयमा कार्यपालिकाको सम्पूर्ण बोर्ड सदस्य तथा स्थानीयवासीको समर्थन रहेको बताए । उनले भने, ‘यसमा स्थानीयवासीको पूर्ण समर्थन छ, जग्गा अझै दिन हामी तयार छौँ तर हामी सबैको सम्पत्ति जानकी मन्दिरको फूलबारीको जग्गा अतिक्रमण सह्य हुने छैन ।’

महिनौदेखि जानकी मन्दिरको फूलबारीमा निर्माण गरिएको सो पर्खाल विवादित रहँदै आएको थियो । सोही विवादका कारण जानकी मन्दिरको ठीक अगाडी सडक निर्माणको कार्य समेत हुन सकेको थिएन ।

सडक विस्तारको क्रममा फूलबारीको जग्गा अतिक्रमण गरिएको र स्थानीयवासीको जग्गा बचाइएको भन्दै स्थानीय युवाहरुले बिरोध जनाएपछि त्यहाँ सडक विस्तारको काम स्थगित भएको थियो ।

फूलबारीको जग्गा अतिक्रमण मुक्त अभियानमा लागेका नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रले जनकपुरधाम धार्मिक नगरी रहेकोले जानकी मन्दिरलाई अतिक्रमण मुक्त बनाउनु सबैको दायित्व रहेको बताए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ मा पर्ने मन्दिरको सिट नम्बर १३५५–४ को कित्ता नम्बर ८ को साविक क्षेत्रफल ३ कठ्ठा १० धुर छ ।

सडक विस्तारको नाउँमा बगैंचाको बीचमा ०.७० मिटर चौडाई पूर्व दक्षिण कुनामा ३ मिटर तथा पूर्व उत्तरको कुनामा ४.८८ मिटर जग्गा अतिक्रमण गरिएको पाइएको थियो । जानकी मन्दिर कुल ५ बिघा क्षेत्रफलमा फैलिएको छ ।

 

प्रकाशित: Sep 14, 2020| 13:19 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।