शुक्रबार, भदौ १२, २०८३

जडीबुटी सङ्कलन गर्न जुम्लावासी पाटनतिर

जुम्ला- जुम्लाको तिला गाउँपालिका–९ राँस गाउँका दानबहादुर रावत अहिले १३ जना समूहको नेतृत्व गर्दै जडीबुटी सङ्कलन गर्न पाटनतिर लागेका छन्।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

जुम्ला- जुम्लाको तिला गाउँपालिका–९ राँस गाउँका दानबहादुर रावत अहिले १३ जना समूहको नेतृत्व गर्दै जडीबुटी सङ्कलन गर्न पाटनतिर लागेका छन्।

हरेक वर्ष कालापहाडको कमाइबाट परिवारको खर्च जुटाउने उहाँ यसपालि कोरोनाले भारत तथा अन्य ठाउँमा जान नपाएपछि अहिले पाटनतिर हिँडेका हुन्।

रावत केही युवाको समूह लिएर जडीबुटी सङ्कलनमा जुटेका छन्। “आम्दानीको कुनै स्रोत छैन”, उनले भने, “परिवारकोे गुजारा चलाउन हम्मेहम्मे भइरहेको छ। लगाएको खेतीबालीले छ महिना पनि खानै पुग्दैन। ” त्यसैले पैसा कमाउनका लागि जडीबुटी सङ्कलन गर्न पाटनतिर गएको उनको भनाइ छ ।

रावतजस्तै अहिले जुम्लाका थुप्रै विपन्न नागरिक जडीबुटी सङ्कलनमा निस्किएका छन् । उनीहरू यो समयमा सेतोचिनी (खिरौला) र पदमचाल जस्ता जडीबुटी सङ्कलन गरी खर्च जुटाउन पाटनतिर लागेका हुन् । तिला गाउँपालिकाकै खाम्म रावत पनि १४ जनाको टोलीमा जडीबुटी सङ्कलन गर्न हिँडेका छन्।

उनले दुई दिनको पैदल यात्रापछि पाटनमा पुगिने बताए। एक दिनमा सेतोचिनी सङ्कलनबाट न्यूनतम रु. एक हजारसम्म आम्दानी गर्न सकिने उनीहरु बताउँछन् । सेतो चिनी सुकाएको प्रतिकिलो रु. ५०० र काँचो प्रतिकिलो रु २५ मा बिक्री हुन्छ । एक दिनमा एक जनाले एक क्विन्टलसम्म कोर्न सक्ने ती युवाको अनुभव छ । सेतोचिनी कोर्न भने धेरै दुःख हुने उनीहरू बताउँछन् ।

जडीबुटी सङ्कलनका लागि आवश्यक खाद्यान्न, नून, तेल, भाँडाकुँडा र लत्ताकपडा बोकेर जानुपर्छ । स्थानीय एक युवक भन्छन्, “सबै बोकेर लानुपर्छ, दाउरा र पानी पनि टाढाबाट बोक्नुपर्छ । अचानक बिरामी हुँदा समस्या हुन्छ । पाटनमा चट्याङको डर पनि उत्तिकै हुन्छ । ” ज्यानको बाजी थापेर खर्च जुटाउन भए पनि पाटनतिर जान बाध्य भएको ती युवकले सुनाए ।

तातोपानी–७ सर्मीका प्रेम कुँवर पनि दशैँ खर्च जुटाउनका लागि एक महिना पाटनमै बस्ने योजनामा छन्। अव्यवस्थित ढङ्गले सेतोचिनी सङ्कलन हुँदै जाँदा अहिले नजिकनजिक पाउन छाडेको उनले बताए। उनका अनुसार यसको बीउ नपाक्दै सङ्कलन गर्नाले लोप हुने खतरा बढेको छ । कात्तिकदेखि मङ्सिरसम्म राख्ने हो भने यसको बीउ पाक्छ तर आजभोलि नै सङ्कलन गर्ने प्रतिस्पर्धा चलिरहेको उनले बताए।

जुम्लामा अत्यधिक दोहन र चोरी निकासीका कारण लेकाली वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी लोप हुन थालेको छ । अवैध चोरी निकासीका कारण पर्याप्तमात्रामा पाइने सेतोचिनी, धुपी, पाँचऔँले, सतुवा, पदमचाललगायत थुप्रै जडीबुटी पछिल्लो समय लोप हुँदै गएका छन्।

प्रकाशित: Sep 14, 2020| 13:07 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।