शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न नियुक्तिबारे निर्णय हुन सक्ने

मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न नियुक्तिबारे निर्णय हुन सक्ने

सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं– सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ।

साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले बताएका छन्।

आजको मन्त्रिपरिषद् बैठकले आइतबारदेखि रिक्त भएको नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारदेखि सकिएको हो।

घिसिङलाई नै दोहोर्याउनुपर्ने माग भइरहेका बेला आजको बैठकले उनलाई पुनः नियुक्त गर्ने वा नगर्नेबारे टुंगो लागिसकेको छैन।

आजको बैठकमा राष्ट्रिय सभा सदस्यमा रिक्त पदका लागि वामदेव गौतमको नाम सिफारिस गर्नसक्ने सम्भावना रहेको बताइन्छ।

सत्तारुढ दल नेकपाको १८ भदौमा बसेको सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै बैठकमा मन्त्रिपरिषद्ले गर्ने सिफारिसमा गौतमलाई पठाइने तयारी भएको जानकारी गराएका थिए।

२० भदौमा बसेको मन्त्रिपरिषद् बैठकबाट भने उनको सिफारिस गरिएको थिएन।

आजको बैठकले सरकारको प्रवक्तासमेत तोक्ने बताइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेको पनि कार्यकाल पूरा भएकाले त्यस विषयमा पनि मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताइएको छ।

 

प्रकाशित: Sep 14, 2020| 12:17 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।