शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओम्नी समूह कालोसूचीमा, एक वर्ष कुनै पनि खरिद प्रकृयामा भाग लिन नपाउने

ओम्नी समूह कालोसूचीमा, एक वर्ष कुनै पनि खरिद प्रकृयामा भाग लिन नपाउने

स्वास्थ्य सामग्री खरिदमा विवादमा तानिएको ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनल (ओवीसीआई) कालोसूचीमा परेको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं- स्वास्थ्य सामग्री खरिदमा विवादमा तानिएको ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनल (ओवीसीआई) कालोसूचीमा परेको छ।

सोमबारदेखि लागू हुनेगरी सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार नै सूचना प्रकाशित गरी एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हाे।

कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा ओम्नीलाई कालोसूचीमा राखेको हो। स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गरेको थियो।

विभागले ओम्नीले स्वास्थ मन्त्रालयले बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्यमा स्वास्थ्य सामग्री ल्याएको तथा सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेको भन्दै सम्झौता रद्द गरेको थियो।

कोरोना संक्रमण देखिएसँगै विभागले ओम्नी समूहसँग स्वास्थ उपकरण खरिदकाे सम्झौता गरेको थियो। तर विना प्रतिष्पर्धा महँगो मूल्यमा उपकरण ल्याउन लागेको भन्दै ओम्नी समूह र सरकारको आलोचना भएको थियो।

आलोचनाबाट बच्न स्वास्थ्य सेवा विभागले ओम्नीसँगको सम्झौता रद्द गरेको थियो। साथै ओम्नीलाई कालोसूचीबाट बचाउनका लागि विभिन्न राजनीतिक दलले चलखेल गरेको आरोप लागेको थियो।

प्रकाशित: Sep 14, 2020| 11:51 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।