शुक्रबार, भदौ १२, २०८३

गण्डकी प्रदेशमा थप २० जनालाई कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७


पोखरा– गण्डकी प्रदेशमा थप २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरू तनहुँ र गोरखा जिल्लाका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणका क्रममा तनहुँका ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लाको ऋषिङ गाउँपालिका अन्तरगत वडा नम्बर २ का चार जना पुरुष, ३ का एक पुरुष, ४ का एक पुरुष, ५ का तीन पुरुष, वडा नम्बर ६ का एक जना पुरुष तथा ८ का एक जना पुरुषलाई कोरोना पुष्टि भएको हो ।

यस्तै गोरखाका थप नौ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १३ का एक महिला तथा एक पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पालुङटार वडा नम्बर १ का पाँच जना पुरुषसहित एक जना महिला र वडा नम्बर ६ की एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या तीन हजार ११ पुगेको छ ।

प्रकाशित: Sep 14, 2020| 10:39 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।