शुक्रबार, भदौ १२, २०८३

गीतमा परदेशीको पीडाः भर छैन आउने दिनको

परदेशीको भावनालाई समेटेर लोकगायक विष्णु खत्रीका ‘रिनै रिनको’ बोलको गीत बजारमा आएको छ ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं-परदेशीको भावनालाई समेटेर लोकगायक विष्णु खत्रीका ‘रिनै रिनको’ बोलको गीत बजारमा आएको छ । गीतमा परदेशमा रहेको श्रीमान र गाउँघरमा बसेकी श्रीमतीको भावलाई समेटिएको छ ।

पुरुषः
आकाशबाट बाकसमा नआए
ढोका खोल भन्नेछु म आए

विदेशमा रहेका श्रीमानले परदेशीको अनिश्चित जीवनको भाषा बोलेका छन । यता गाउँमा रहेकी श्रीमतीले प्राकृतिक विपत्ति, सलह र महामारीको अवस्थाको बयान गीतमा गरेकी छिन ।

महिलाः
घरै धराप छ पहिरो खसेर
बाली खायो सलह पसेर

‘रिनै रिनको’ बोलमा ल्याइएको गीतमा प्रवासी नेपाली र तिनका आश्रित परिवारको दुःख, पीडालाई सरल भाषामा व्यक्त गर्न खोजिएको छ । आउनै लागेको दशैंतिहारमा घर आउने दिनको ठेगान नभएको अवस्था गीतमा बोलिएको छ । यता श्रीमान नहुँदाको गाउँघर शून्य भएको श्रीमतीको अवस्था गीतमा समेटिएको छ ।

पुरुषः
के दशैँ मान्छ्यौ र रिनै रिनको
मेरो केही भर छैन आउने दिनको

महिलाः
के दशैँ मानौ र रिनै रिनको
शून्य छ गामवेशी तिमी बिनाको

कोरोना महामारीका कारण कमाइ गुमेको, दशैँ खर्च पठाउन सक्ने अवस्था पनि नभएको अवस्थाको बयान पुरुष स्वरमा गरिएको छ । गाउँघरमा श्रीमतीलाई बालबच्चा र घर धान्न गाह्रो छ । परदेशी कहिले आउँछन् भनेर बाटो कुर्नुपर्ने अवस्थाको बयान गीतले गरेको छ ।

महिलाः
चर्न गाको गाई गोठमा फर्कन्छ
साँझपख झनै मन चर्कन्छ

पुरुषः
बाउ त बने बाउ जस्तो भैन म
हेर्नै छाडेँ आफ्नो मुख ऐनामा

गीतमार्फत परदेशीले आफैप्रति खिन्नता व्यक्त गरेको भाव समेत गीनमा समेटिएको छ ।

यसैसाता खत्रीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीत चार लाख १० हजारभन्दा बढीले हेरिसकेका छन । गीतमा खत्री र गायिका पूर्णकला बिसीको आवाज छ । गीतको संगीत र शब्द गायक खत्रीकै हुन् ।

सुमधुर क्रियशनद्वारा उत्पाद गरिएको गीतको भिडियोमा कलाकार ओवी रायमाझी र सारिका केसीले अभिनय गरेका छन । भिडियोको निर्देशन कपिल लामाले गरेका हुन ।

प्रकाशित: Sep 14, 2020| 09:52 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।