शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एउटै गाउँका दुई कोरोना संक्रमितको रुपन्देहीमा मृत्यु

एउटै गाउँका दुई कोरोना संक्रमितको रुपन्देहीमा मृत्यु

कपिलवस्तु शिवराज नगरपालिकाकाे एकै गाउँका दुई जना कोरोना संक्रमितको रुपन्देहीमा मृत्यु भएको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

बुटवल- कपिलवस्तु शिवराज नगरपालिकाकाे एकै गाउँका दुई जना कोरोना संक्रमितको रुपन्देहीमा मृत्यु भएको छ।

शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल मृत्यु भएको छ भने सोही ठाउँका ५८ वर्षीय पुरुषको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।

उनीहरु एउटै वडाका भएपनि उनीहरुबीच नातासम्बन्ध भने नरहेको परिवारलाई उधृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

भीम अस्पतालमा उपचार गराइरहेका पुरुष भदौ २३ गते अस्पताल भर्ना भएका थिए । कोरोना पुष्टि भएका उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि आइसीयूमा राखेर उपचार गरिएको थियो । उनको आइतबार राति १०ः२६ बजे मृत्यु भएको भीम अस्पतालले जनाएको छ ।

यस्तै कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया महिलाको भने सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनी भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन् । दुवै मिर्गौलामा खराबी देखिएपछि उनी उपचार गराउँदै आएकी थिइन् ।

बुटवलको कोरोना विशेष अस्पतालमा सोमबारसम्म १७ जना आइसीयूमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

प्रकाशित: Sep 14, 2020| 09:38 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।