शुक्रबार, भदौ १२, २०८३

कोरोनाको मृत्युदर अमेरिकामा भन्दा भारतमा बढी

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वकै सबैभन्दा प्रभावित देश अमेरिका भन्दा भारतमा मृत्यु दर उच्च देखिएको छ ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं– विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वकै सबैभन्दा प्रभावित देश अमेरिका भन्दा भारतमा मृत्यु दर उच्च देखिएको छ ।

गएको २४ घन्टामा कारोना संक्रमणबाट भारतमा एक हजार एक सय ४० जनाको मृत्यु हुँदा अमेरिकामा तीन सय ९२ जनाको मृत्यु भएको छ ।

जबकी हालसम्म अमेरिकामा कोरोना भाइरसबाट ६७ लाख आठ हजारभन्दा बढी संक्रमित छन भने भारतमा ४८ लाख ४५ हजारमा संक्रमण पुष्टि भएको छ ।

हालसम्म भारतमा कोरोनाबाट ७९ हजार सात सय ५४ जनाको मृत्यु भएको छ भने अमेरिकामा एक लाख ९८ हजार पाँच सय २२ जनाको ज्यान गएको छ ।

यसअघि शनिबार भारतमा कोरोनाबाट एक हजार एक सय आठ जनाको मृत्यु भएको थियो भने अमेरिकामा सात सय सात जनाले ज्यान गुमाएका थिए ।

शुक्रबार अमेरिकामा कोरोनाबाट एक हजार ९४ को मृत्यु हुँदा भारतमा एक हजार दुई सय दुई जनाको ज्यान गएको थियो ।

बिहीबार कोरोनाका कारण भारतमा एक हजार दुई सय १३ जनाको मृत्यु हुँदा अमेरिकामा एक हजार ८९ जनाको ज्यान गएको थियो ।
त्यस्तै कारोना भाइरस संक्रमित हुनेको संख्या पनि अमेरिकामा भन्दा भारतमा उच्च देखिएको छ ।

२४ घन्टामा अमेरिकामा ३१ हजार आठ सय ५७ जना संक्रमित भएका थिए । भारतमा भने सोही अवधिमा ९३ हजार दुई सय १५ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

प्रकाशित: Sep 14, 2020| 08:24 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।