शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किन रोकियो शान्ति मिसनका लागि लिविया जान लागेको सेनाको रोटेसन प्लाइट ?

किन रोकियो शान्ति मिसनका लागि लिविया जान लागेको सेनाको रोटेसन प्लाइट ?

संयुक्त राष्ट्रसंघ सहयोग मिशनका लागि लिविया प्रस्थान गर्ने तयारीमा रहेको नेपाली सेनाको रोटेशन प्लाइट स्थगित गरिएको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं- संयुक्त राष्ट्रसंघ सहयोग मिशनका लागि लिविया प्रस्थान गर्ने तयारीमा रहेको नेपाली सेनाको रोटेशन प्लाइट स्थगित गरिएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा मिशनमा तैनाथ फौजलाई बदली गर्नका लागि नेपाली सेनाको एक टोली आज (सोमबार) लिविया प्रस्थान गर्ने कार्यक्रम थियो।

उक्त टोलीमा सहभागी हुने नेपाली सेनाका केही जवानहरुमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाली सेनाले हाललाई उक्त रोटेशन प्लाइट स्थगित गरेको हो।

काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम समाप्त गरी क्वारेन्टिनमा रहेका फौज मध्ये उडान पूर्व गरिएको परिक्षणमा केहीको संक्रमण पुष्टि भएको हो।

पोजेटिभ देखिएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर सबैजनाको पुनः स्वास्थ्य परिक्षण पश्चात रोटेशन प्लाइटको मिति तय गरिने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।

प्रकाशित: Sep 14, 2020| 07:18 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।