शुक्रबार, भदौ १२, २०८३

कैलालीमा एकै दिन ६९ कोरोना संक्रमित थपिए

कैलालीका ६९ सहित सुदूरपश्चिममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

धनगढी- कैलालीका ६९ सहित सुदूरपश्चिममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ६९ सहित सुदूरपश्चिमका ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २४५ जनाको परीक्षण गरिएकोमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिकाका तर ठेगाना नखुलेका ३१ जना, वडा नम्बर १ का १८ जना, वडा नम्बर २, ३ र ८ का चार/चार जना, वडा नम्बर ४ का तीन जना र वडा नम्बर ५, ७ र १२ का एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ का एक जनामा समेत कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडा नम्बर २ का दुई जना, बेलौरी नगरपालिका वडा नम्बर २ का एक जना, डडेल्धुराको परशुराम नगरपालिकाका एक जनामा कोरोना संक्रमण भेटिएको श्रेष्ठले बताए।

उता, डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ८३ जनाको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार अछामको मंगलसेन नगरपालिकाका दुई पुरुषमा कोरोना संक्रमण देखिएको बताए।

त्यस्तै, डडेल्धुरा अस्पतालको प्रयोगशालामा १९६ जनाको परीक्षण एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रयोगशाला प्रमुख ईश्वरी प्रसाद भुसालका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्वर ५ का एक जनालाई संक्रमण पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा संक्रमितको कुल संख्या ६ हजार ३३७ पुगेको छ।

प्रकाशित: Sep 13, 2020| 20:07 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।