शुक्रबार, भदौ १२, २०८३

विराटनगरका एक कोरोना संक्रमितको धरानमा मृत्यु

विराटनगरका एक कोरोना संक्रमितको धरानमा मृत्यु भएको छ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

विराटनगर- विराटनगरका एक कोरोना संक्रमितको धरानमा मृत्यु भएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत विराटनगर १२ का ७० वर्षीय पुरुषको आज (आइतबार) दिउँसो सवा २ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएका उनलाई भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको म्याक्स अस्पतालले बीपीमा रेफर गरेको थियो।

विराटनगर महानगरपालिकामा मात्रै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ।

प्रकाशित: Sep 13, 2020| 20:00 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।