शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थायी कमिटीको निर्णयबारे सर्कुलर गर्न ओली–दाहाल छलफल

स्थायी कमिटीको निर्णयबारे सर्कुलर गर्न ओली–दाहाल छलफल

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

२६ भदौमा पार्टीको स्थायी कमिटी बैठकपछि आज दुई अध्यक्षबीच भेटवार्ता भएको हो। बेलुका ५ बजेदेखि अध्यक्षबीच छलफल चलिरहेको बताइएको छ।

स्थायी कमिटी बैठकले तयार गरेको कार्ययोजनालाई सर्कुलर बनाएर जिल्लास्तरसम्म पठाउने लगायत कार्यान्वयनको प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको बुझिएको छ।

स्थायी कमिटी बैठकले प्रतिनिधिसभाको बाँकी अवधिसम्म पूरै कार्यकाल ओलीले सरकार चलाउने र दाहाल कार्यकारी अधिकारसहित अध्यक्ष रहने निर्णय गरेको थियो।

 

प्रकाशित: Sep 13, 2020| 18:44 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।