शुक्रबार, भदौ १२, २०८३

जोखिमयुक्त बस्ती सार्न राष्ट्रपतिको ध्यानाकर्षण

राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा सार्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन्।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा सार्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन्।

राष्ट्रपति भण्डारीले ट्विट गरी सिन्धुपाल्चोकमा पहिरोबाट जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै जोखिमयुक्त बस्ती सार्नुपर्ने बताएकी हुन्।

‘२०७२ को भूकम्पबाट देशका विभिन्न भाग थङ्थिलो बनेकामा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ,’ उनले लेखेकी छन्, ‘त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको छु।’

भौगोलिक संवेदनशीलता अध्ययन गरी जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने उनले बताएकी हुन्।

 

प्रकाशित: Sep 13, 2020| 18:34 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।