काठमाडौं– बाँकेमा रेडपाण्डाको छालासहित चारजना पक्राउ परेका छन्।
बैजनाथ गाउँपालिका–१ गाभरस्थित डेनियल कटेज एन्ड रेस्टुरेन्टबाट एक थान रेडपाण्डाको छालासहित चारजना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका–१२ छिन्चुका ३६ वर्षीय देवबहादुर बाठालगायत चार जना छन्।
रेस्टुरेन्टमा अवैध रुपमा जंगली जनावरको छाला लुकाई–छिपाई राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले टोलीले छापा मारेको थियो।
प्रहरीले उनीहरुको साथबाट दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।
