शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी कार्ययोजना र आचारसंहिता सम्बन्धी कार्यादेश– २०७७ सार्वजनिक

प्रहरी कार्ययोजना र आचारसंहिता सम्बन्धी कार्यादेश– २०७७ सार्वजनिक

प्रहरी कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश–२०७७ र नेपाल प्रहरी कार्ययोजना–२०७७ सार्वजनिक गरिएको छ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं– प्रहरी कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश–२०७७ र नेपाल प्रहरी कार्ययोजना–२०७७ सार्वजनिक गरिएको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आचार संहिता सम्बन्धी कार्यादेश–२०७७ सार्वजनिक तथा नेपाल प्रहरी कार्ययोजना–२०७७ शुरुवात गरेका हुन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कार्यादेश र निर्देशिकाले संगठनलाई सही मार्गमा लैजान सकारात्मक प्रभाव पार्ने बताए।

कार्यादेशको फलोअप गर्दै जानुपर्नेमा जोड दिँदै उनले यसले प्रहरीको छविलाई थप राम्रो बनाउन मद्दत पुर्‍याउने बताए।

प्रहरी संगठनमा व्यवसायिकता नै मुख्य भएकोले सडकमा समेत व्यवसायिकता देखिने गरी काम गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई आइजीपीले निर्देशन दिएका थिए।

 

प्रकाशित: Sep 13, 2020| 18:24 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।