शुक्रबार, भदौ १२, २०८३

नेकपाले मंसिर मसान्तसम्म सदस्यता नवीकरण गरिसक्ने

सत्तारुढ नेकपाको संगठन विभागले मंसिर मसान्तसम्म पार्टीको सदस्यता नवीकरण सक्ने गरी तीन महिने कार्ययोजना सार्वजनिक गरेको छ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं– सत्तारुढ नेकपाको संगठन विभागले मंसिर मसान्तसम्म पार्टीको सदस्यता नवीकरण सक्ने गरी तीन महिने कार्ययोजना सार्वजनिक गरेको छ।

संगठन विभाग प्रमुख वामदेव गौतमको अध्यक्षतामा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले तीनमहिने कार्ययोजना बनाएको सदस्य खगराज भट्टले जानकारी दिए।

‘असोजभित्र पार्टी सदस्यहरुको तथ्यांक संकलन, कात्तिकमा अद्यावधिक र मंसिर मसान्तभित्रमा नवीकरण गर्ने गरेर कार्ययोजना बनेको छ,’ भट्टले भने। उजुरीका सम्बन्धमा अर्को बैठकमा छलफल गर्ने निर्णय भएको छ।

‘तल्लो स्तरसम्म कार्यकर्तालाई वैचारिक र सैद्धान्तिक हिसाबले क्षमतावान बनाउन स्कुल विभागलाई अनुरोध गर्ने निर्णय भएको छ,’ उनले भने, ‘प्रदेश, जिल्लालगायतमा देखिएका समस्याबारे पनि छलफल गरिएको छ।’

२६ भदौमा सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन प्रक्रिया प्रभावकारी रुपमा केन्द्रमा राखेर अगाडि बढ्ने निर्णयसमेत भएको उनले जानकारी दिए।

स्थायी कमिटी बैठकले चैतमा महाधिवेशन गर्ने र पार्टी एकतालाई थप मजबुत बनाएर लैजाने निर्णय गरेसँगै नेकपाको संगठन विभागको बैठक बसेको हो।

प्रकाशित: Sep 13, 2020| 18:10 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।