काठमाडौं– कोरोना भाइरसबाट संक्रमित २३ जना देशका विभिन्न अस्पतालमा भेन्टिलेटरमा छन्।
प्रदेश १ मा एक, बागमतीमा २०, प्रदेश ५ मा एक र सुदूरपश्चिम प्रदेशमा एक जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै १६९ जना आईसीयूमा उपचाररत छन्। प्रदेश १ मा ६, प्रदेश २ मा नौ र बागमती प्रदेशमा ११७ जना आईसीयूमा छन्।
गण्डकीमा ६, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा ९ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ।
