शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोभिड कोषबाट ६४९ स्थानीय तहलाई ६५ करोड, अस्पतालहरुलाई साढे २८ करोड

कोभिड कोषबाट ६४९ स्थानीय तहलाई ६५ करोड, अस्पतालहरुलाई साढे २८ करोड

काठमाडौं– कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट देशका विभिन्न अस्पताललाई उपकरण खरिद गर्न तथा ६४९ वटा स्थानीय तहलाई अस्पताल बनाउन रकम दिइने भएको छ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं– कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट देशका विभिन्न अस्पताललाई उपकरण खरिद गर्न तथा ६४९ वटा स्थानीय तहलाई अस्पताल बनाउन रकम दिइने भएको छ।

२१ भदौमा बसेको सञ्चालक समितिको ११ औं बैठकले रकम दिने निर्णय गरेको वातावरण तथा विपद् व्यवस्थापन शाखाले आइतबार विवरण सार्वजनिक गरेको हो। स्थानीय तहमा ६४ करोड ९० लाख र अस्पतालहरुमा २८ करोड ५० लाख ४ हजार रुपैयाँ उपलब्ध गराउन लागिएको हो।

भेन्टिलेटरसहितको २० वटा आइसीयू बेड स्थापना तथा कोभिड–१९सँग सम्बन्धित अन्य स्वास्थ्य उपकरण खरिद र व्यवस्थापनका लागि नेपाल प्रहरी अस्पताललाई ८ करोड ४० लाख, जाजरकोटको चौरजहारी अस्पताल र दैलेख अस्पताललाई ५०–५० लाख, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीलाई एक करोड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद काठमाडौंलाई २ करोड, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई ५ करोड ७५ लाख, धुलिखेल अस्पताललाई २ करोड ८५ लाख दिने निर्णय भएको छ।

कोभिड–१९ सँग सम्बन्धित उपकरण खरिद, आइसीयू, भेन्टिलेटर लगायतका लागि ती अस्पतालहरुलाई रकम उपलब्ध गराइएको हो। त्यस्तै कोभिड–१९ का शकास्पद तथा संक्रमित व्यक्तिहरुको उपचार गर्ने अस्पतालहरुलाई कोरोना भाइरस संक्रमणको उपचार बापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी ओदश २०७७ अनुसार ५ वटा अस्पताललाई पनि रकम उपलब्ध गराइएको छ।

भरतपुर अस्पताललाई २ करोड ३३ लाख ६७ हजार, कान्तिबाल अस्पताललाई १ करोड ५५ लाख ७९ हजार, राष्ट्रिय ट्रमा सेन्टरलाई १ करोड ३५ लाख ५ हजार, भेरी अस्पताललाई १ करोड ६८ लाख ११ हजार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५७ लाख ४२ हजार दिने निर्णय भएको छ।

हाल अस्पताल स्थापना भइनसकेका स्थानीय तहहरुमा कम्तिमा ५ बेडको अस्पताल सञ्चालन गर्ने सरकारको नीति अनुसार आवश्यक बेड, उपकरण र जनशक्ति व्यवस्थापनका लागि ६४९ स्थानीय तहलाई १० लाखका दरले ६४ करोड ९० लाख रुपैयाँ निकासा दिइने भएको छ।

 

प्रकाशित: Sep 13, 2020| 16:45 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।