शुक्रबार, भदौ १२, २०८३

अब पीसीआर परीक्षण २ हजार रुपैयाँमा गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको छ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको छ।

हाल ४ हजार ४०० रुपैयाँमा पीसीआर परीक्षण हुँदै आएकोमा अबदेखि अन्य सेवा शुल्कसहित बढीमा २ हजार रुपैँया तोकिएको मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

डा. गौतमले सेवा शुल्क सबै जोडेर यो भन्दा बढी लिन नपाईने जानकारी दिए। पीसीआर परीक्षणका लागि रीएजेन्ट र अन्य सामग्रीको मूल्य घटेकाले परीक्षण शुल्क घटाइएको उनले बताए।

सुरुमा मन्त्रालयले पीसीआर परीक्षणका लागि ५ हजार ५०० रुपैयाँ शुल्क तोकेको थियो।

प्रकाशित: Sep 13, 2020| 16:45 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।