शुक्रबार, भदौ १२, २०८३

३८ हजार ६९७ जना कोरोनामुक्त

नेपालमा कोरोना भाइरसबाट ३८ हजार ६९७ जना मुक्त भएका छन्।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसबाट ३८ हजार ६९७ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ७१.५ प्रतिशत हो। आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ जना पुगेको छ।

सक्रिय संक्रमितको संख्या १५ हजार ११७ छ। पछिल्लो २४ घण्टामा ११७३ निको भएका छन्। आज १०३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आजसम्म प्रदेश १ मा तीन हजार ४४१, प्रदेश २ मा १० हजार ८३१, बागमतीमा सात हजार ३८४ जना मुक्त भएका छन्। गण्डकीमा दुई हजार २१८, प्रदेश पाँचमा दुई हजार ४८६, कर्णालीमा दुई हजार ४८६ र सुदूरपश्चिममा पाँच हजार ८७१ जना कोरोनामुक्त भएका छन्।

प्रकाशित: Sep 13, 2020| 16:32 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।