शुक्रबार, भदौ १२, २०८३

आज १ हजार ३९ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३९ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३९ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ।

जसमध्ये अहिले सक्रिय संक्रमित १५ हजार ११७ जना रहेका छन्। सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ७३० जना र होम आइसोलेसनमा ७ हजार ३८७ जनामा बसिरहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ९ हजार १६५ जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको छ। योसहित नेपालमा हालसम्म ८ लाख ४० हजार ५२७ जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा १ हजार १७३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित नेपालमा डिस्चार्ज हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ।

हाल ६ हजार ५३६ जना विभिन्न आइसोलेसनमा बसिरहेको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: Sep 13, 2020| 16:25 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।