शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गंगामाया अधिकारीको उचित व्यवस्थापन गर्न कांग्रेस प्रवक्ताको माग

गंगामाया अधिकारीको उचित व्यवस्थापन गर्न कांग्रेस प्रवक्ताको माग

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको उचित व्यवस्थापन तत्काल गर्न माग गरेका छन्।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको उचित व्यवस्थापन तत्काल गर्न माग गरेका छन्।

पीएम नेपाललाई मेन्सन गर्दै ट्विटमा शर्माले अमानवीय चरित्र सच्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

‘वीरलाई कोभिड अस्पताल बनाएपछि वैकल्पिक व्यवस्था गर्ने या त्यहाँबाट निक्लन दिने राज्यको कर्तव्य हो,’ उनले भनेका छन्, ‘तर व्यवस्थापन नगर्ने र निक्लन पनि नदिने कार्य आपत्तिजनक छ।’

वीर अस्पताललाई सरकारले कोभिड अस्पतालका रूपमा सञ्चालन गरेपछि अधिकारी समस्यामा परेकी हुन्।

नौ वर्षदेखि गंगामाया छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही माग गर्दै अनशनरत छन्।

प्रकाशित: Sep 13, 2020| 16:14 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।