शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा प्रवक्ता श्रेष्ठको सचिवालयद्वारा ‘कोभिड–१९ स्वयंसेवा’ सुरू

नेकपा प्रवक्ता श्रेष्ठको सचिवालयद्वारा ‘कोभिड–१९ स्वयंसेवा’ सुरू

कोरोना संक्रमण रोकथाम, नियन्त्रणका लागि नेकपाका प्रवक्ता एवम् सांसद नारायणकाजी श्रेष्ठको सचिवालयले ‘कोभिड–१९ स्वयंसेवा’ शुरू गरेको छ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं– कोरोना संक्रमण रोकथाम, नियन्त्रणका लागि नेकपाका प्रवक्ता एवम् सांसद नारायणकाजी श्रेष्ठको सचिवालयले ‘कोभिड–१९ स्वयंसेवा’ शुरू गरेको छ।

कोभिड उपचार सम्बन्धी प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोगका लागि स्वयंसेवा सुरू गरिएको सचिवालयले जनाएको छ।

प्रवक्ता श्रेष्ठको फेसबुक पेज मार्फत् सार्वजनिक गरिएको विज्ञप्ति अनुसार यो सेवा अन्तर्गत मनोसामाजिक परामर्श, आपतकालीन स्वास्थ्य परामर्श, आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तीमा समन्वय तथा सहयोगका साथै कोभिड–१९ बारे सचेतना काम गर्ने छ।

‘सरकारले आफ्नो कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउन ध्यान दिनुपर्ने आवश्यकता आफ्नो ठाउँमा छ तर सरकारको कामलाई सफल बनाउन र कोभिडको संक्रमणबाट समाजलाई बचाउन हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न जरुरी छ।’ विज्ञतिप्मा भनिएको छ।

स्वयंसेवामा रहने सदस्यहरुले नेपाल सरकारको कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी नीति, योजना र निर्देशनलाई मुल मार्गनिर्देशन मानी त्यसलाई कार्यान्वयन गर्न सहयोग पुर्‍याउने उल्लेख छ।

त्यस्तै कोभिड संक्रमणको सम्भाव्यता र कन्ट्याक्ट टे«सिङमा परेका व्यक्तिहरुको पीसीआर परीक्षण गर्न सहजीकरण गर्ने, संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई थप उपचार तथा अन्य सहयोग आवश्यक परेको खण्डमा अस्पताल, आइसोलेसन सेन्टर प्राप्त गर्न तथा त्यहाँ पुर्‍याउन सहयोग गर्ने र घरमै आइसोलेसनमा बस्दा हुने अवस्थामा आइपर्ने समस्या र चुनौतिको सामना गर्न सहजीकरण गर्ने, रोजगारीको सिलसिलामा विदेशी भूमिमा पुगेर रोजगारी गुमाएका तथा भिषा अवधि सकिएर विदेशमा वेवारिसे बनेका नेपाली नागरिकहरुलाई सुरक्षित घर फिर्तिको लागि परराष्ट्र मन्त्रालय, कन्सुलेट अफिल, दूतावासहरु, तीनै तहका सरकार र मातहतका निकायहरुसँग आवश्यक समन्वय गर्ने बताइएको छ।

‘कोभिड १९ स्वयंसेवा’ अभियानमा २९ जना सदस्य छन्। उनीहरुलाई सोझै सम्पर्क गर्न सकिने भन्दै फोन नम्बर पनि उपलब्ध गराइएको छ।

 

प्रकाशित: Sep 13, 2020| 16:05 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।