शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोक पहिरो अपडेट : ११ शव भेटियो, २० जना अझै बेपत्ता

सिन्धुपाल्चोक पहिरो अपडेट : ११ शव भेटियो, २० जना अझै बेपत्ता

सिन्धुपाल्चोककोे बाह्रबिसेमा पहिरोमा पुरिएकामध्ये ११ जनाको शव भेटिएको छ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं– सिन्धुपाल्चोककोे बाह्रबिसेमा पहिरोमा पुरिएकामध्ये ११ जनाको शव भेटिएको छ।

पहिरोमा २० जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।

उनका अनुसार ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, २३ वर्षीया जुनुमाया विक, २४ वर्षीय सुकलाल विक, ८ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवारको शव भेटिएको छ।

त्यस्तै ९८ वर्षीय ट्याक्सी शेर्पा, ६० वर्षीया हीरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, पाँच वर्षीया सरस्वती विक र २५ वर्षीय करनबहादुर श्रेष्ठको पनि शव निकालिएको छ।

बेपत्ताको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवा जुटेका छन्। बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा खसेको पहिरोले कम्तीमा ८ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको प्रहरीले जनाएको छ।

मध्यरातमा सबै सुतेका बेला माथिबाट आएको पहिरोले घर बगाएको थियो।

यसअघि साउन ३० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको पहिरोले १३ घर बगाउँदा २० जनाभन्दा बढिको मृत्यु भएको थियो।

प्रकाशित: Sep 13, 2020| 16:02 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।