शुक्रबार, भदौ १२, २०८३

विराटनगरमा ३८ सहित प्रदेश १ मा ४६ जना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमित थपिएका छन् ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आइतबार ३८ जनामा संक्रमण देखिएको छ । १८ महिला र २० जनाको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुष, खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष, झापाको शिवसताक्षीमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ७४२ पुगेको छ । प्रदेश १ मा आइतबार ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६३ पुगेको छ ।

प्रदेश १ मा आइतबार ५४७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र २६ पुरुष रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १ लाख ७ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित: Sep 13, 2020| 16:02 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।