जनकपुरधाम– धनुषाको नगराइन नगरपालिका–७ नवटोलीमा शिव मन्दिरमा फोहोर फालिएको विषयलाई लिएर झडप भएको छ।
नवटोलीमा रहेको दुधहा पोखरीको डीलमा श्री नवनेश्वर नाथ महादेव मन्दिर निर्माणका लागि गरिएको शिलान्यास स्थलमा मुस्लिम पक्षधरले फोहोर फालेको विषयलाई लिएर झडप भएको हो।
दुधहा पोखरीको डिलमा मन्दिर निर्माण गर्न नदिने मुस्लिम समुदायले अडान लिएपछि विवादको सिर्जना भएको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
झडपलाई प्रहरीको टोलीले शान्त पारेको र अप्रिय घटना हुन नदिन ३० जनाको प्रहरी टोलीले गस्ती गरिरहेको मिश्रले बताए । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अलग अलग टोलीले गस्ती गरिरहेको छ ।
झडपमा २ दर्जनभन्दा बढी घाइते भएका छन्। विनयकुमार यादव, राकेश यादव, कृष्णा यादव, सरोज यादव, सञ्जय साफी, मुकेश यादव, निभा ठाकुर घाइते भएको स्थानीयले जानकारी दिएका छन्।
त्यसैगरी जुमैदा खातुन, मैमुन खातुन, मोबारक नदाफ, गुलाम नदाफ, तस्लिम नदाफ, हसिना खातुन, हस्मत खातुन, मुमताज नदाफ, जमाहिर नदाफ, समसुद्दिन नदाफ पनिण् घाइते भएका छन्। घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।
