शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जिल्ला अदालत धनुषाको नियमित सेवा प्रवाह असोज १ गतेदेखि

जिल्ला अदालत धनुषाको नियमित सेवा प्रवाह असोज १ गतेदेखि

जनकपुरधाम– कोरोना महामारीका कारण सीमित सेवामात्रै प्रवाह गर्दै आएको जिल्ला अदालत धनुषाको नियमित सेवा प्रवाह असोज १ गतेदेखि हुने भएको छ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

जनकपुरधाम– कोरोना महामारीका कारण सीमित सेवामात्रै प्रवाह गर्दै आएको जिल्ला अदालत धनुषाको नियमित सेवा प्रवाह असोज १ गतेदेखि हुने भएको छ।

आइतबार अदालतको नियमित सेवा सुरक्षित तथा सहज रुपमा प्रवाह गर्ने सम्बन्धमा बसेको बैठकबाट असोज १ गतेदेखि सम्पूर्ण सेवा प्रवाह गर्ने निर्णय भएको शाखा अधिकृत गंगा कुमार मिश्रले जानकारी दिएका छन्।

असोज १ गतेदेखि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ अनुसार पर्ने निवेदनको सुनुवाई, बालसुधार गृहमा रहेका बालबालिका अभिभावकले जिम्मा लिने सम्बन्धि निवेदन उपरको सुनुवाई, जरुरी पक्राउ पुर्जीको समर्थन तथा पक्राउ पुर्जी जारी गर्ने अनुमतिसम्बन्धि कार्य लगायतका सेवाहरु पुनः सञ्चालनमा ल्याइने जिल्ला अदालत धनुषाले जनाएको छ।

प्रकाशित: Sep 13, 2020| 15:46 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।