शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जोखिम बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न देउवाको सुझाव

जोखिम बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न देउवाको सुझाव

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूगर्भविद्हरुले औँल्याएका जोखिमका बस्तीहरुका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सुझाव दिएका छन्।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूगर्भविद्हरुले औँल्याएका जोखिमका बस्तीहरुका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सुझाव दिएका छन्।

सिन्धुपाल्चोकको बाह्रविसेमा पहिरोले गरेको क्षतिप्रति दुःख व्यक्त गर्दै देउवाले प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएका हुन्।

‘प्राकृतिक विपद्को यस घडीमा बेपत्ताहरुको तिव्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरु खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा, औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न म सरकारसँग आग्रह गर्दछु,’ देउवाले विज्ञप्तिमा भनेका छन्।

उद्धार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका लागि पार्टीका नेता कार्यकर्ताहरुलाई पनि खटिन देउवाले निर्देशन दिएका छन्।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ का तीन स्थान नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन्।

प्रकाशित: Sep 13, 2020| 15:40 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।