नेपालगंज- बाँकेमा ससुरालीको कुटपिटबाट एक जनाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरका २३ वर्षीय शत्रुहन रैदासको ससुरालीमै कुटपिटबाट मत्यु भएको हो।
बाँके प्रहरीका अनुसार पत्नी लिन ससुराली गएका रैदास ससुराको कुटपिटबाट गम्भीर घाइते भएका थिए।
उनको उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ। ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाइल नामक वृक्षको फल पानीमा घोलेर खुवाएपछि अवस्था थप गम्भीर भएको थियो।
उनको नर्सिङहोम नेपालगन्जमा उपचारको क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले हत्या गरेको अभियोगमा उनकै ससुरा नरेश चमारलगायत पाँच जनालाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
