शुक्रबार, भदौ १२, २०८३

लागुऔषधसहित छुट्टाछुट्टै ठाउँबाट १० जना पक्राउ

काठमाडौं, झापा र सर्लाहीका विभिन्न स्थानबाट प्रहरीले अवैध लागुऔषधसहित १० जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं- काठमाडौं, झापा र सर्लाहीका विभिन्न ठाउँबाट प्रहरीले अवैध लागुऔषधसहित १० जनालाई पक्राउ गरेको छ।

काठमाडौंको टोखा नगरपालिका–९ शिव मन्दिरस्थित पशुपति गेष्ट हाउसको कम्पाउण्डबाट एक किलो लागुऔषध चरेस जस्तो देखिने पोल्यानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै काठमाडौं महानगरपालिका–१५ स्वयम्भु आनन्दकुटी बिहारस्थित सडकबाट १० किलो लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। विषेश सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बा.२ ज ५७०९ नम्बरको ट्याक्सीबाट गाँजा बरामद गरेको हो।

त्यस्तै झापाको माङसेबुङ गाउँपालिका–६ मा ४ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। झापाकै बिर्तामोड नगरपालिका–१ अदुवा पुलबाट १४ ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित ३ जनालाई पक्राउ गरिएको छ।

त्यसैगरी झापाको मेचीनगर नगरपालिका–१३ स्थित ईलाम रोडबाट साढे ८ ग्राम ब्राउनसुगर जस्तो देखिने वस्तुसहित २ जनालाई पक्राउ गरिएको छ।

सर्लाही, पर्सा गाउँपालिका–५ चिरान मिलस्थित सुकनाहाबाट करिब २ सय २५ किलो लागुऔषध गाँजा बरामद गरिएको छ। ना ४ ख ७७४८ नम्बरको ट्रकका चालक ट्रक छाडेर भागेपछि प्रहरीले जाँच गर्दा ट्रकबाट उक्त लागुऔषध फेला परेको हो।

प्रकाशित: Sep 13, 2020| 14:10 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।