शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोकका लागि संघीय सरकारले विशेष योजना ल्याउनुपर्छ : सभामुख

सिन्धुपाल्चोकका लागि संघीय सरकारले विशेष योजना ल्याउनुपर्छ : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकमा गइरहेको पहिरो सामान्य नभएको भन्दै संघीय सरकारले विशेष योजना ल्याउनुपर्ने बताएका छन्।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकमा गइरहेको पहिरो सामान्य नभएको भन्दै संघीय सरकारले विशेष योजना ल्याउनुपर्ने बताएका छन्।

सिन्धुपाल्चोकको बाह्रबिसेमा हिजो मध्यरातमा गएको पहिरोको स्थलगत अध्ययन गर्न पुगेका सभामुख सापकोटाले आफू काठमाडौं गएर प्रधानमन्त्रीसहित सम्बद्ध निकायसँग छलफल गर्ने बताए।

‘संघीय सरकारको तर्फबाट अध्ययन गर्न विशेष टोली परिचालन गरेर फास्ट ट्रयाकमा काम गर्नुपर्ने देखिएको छ,’ उनले भने,‘सिन्धुपाल्चोक जिल्लाको एकीकृत योजना बनाएर काम गर्न आवश्यक भएको छ।’

सभामुख सापकोटाले सिन्धुपाल्चोकमा गइरहेको पहिरो सामान्य नभई गम्भीर असर गर्ने खालको भएको बताए।

‘आजसम्म देशैभरमध्ये यहाँ सबैभन्दा धेरै र ठूलो पहिरो गएको छ,’ उनले भने,‘उच्च सावधानीमा रहेर यहाँको दिर्घकालीन योजना बनाएर जानुपर्छ।’

पहिरोमा बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको छ। पहिरोले १८ घर बगाउँदा अझै कम्तिमा २४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

बाह्रबिसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा खसेको पहिरोले कम्तीमा ८ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको प्रहरीले जनाएको छ।

यसअघि साउन ३० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको पहिरोले १३ घर बगाउँदा २० जनाभन्दा बढिको मृत्यु भएको थियो।

प्रकाशित: Sep 13, 2020| 13:34 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।