शुक्रबार, भदौ १२, २०८३

सर्लाहीबाट ३ सय ९ किलो गाँजासहित ट्रक बरामद

प्रहरीले सर्लाहीबाट ट्रकमा लोड गरिएको ३ सय ९ किलो गाँजा बरामद गरेको छ ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं- प्रहरीले सर्लाहीबाट ट्रकमा लोड गरिएको ३ सय ९ किलो गाँजा बरामद गरेको छ ।

पर्सा गाउँपालिका वडा नम्बर ५ डोमोवा टोलबाट शनिबार राति ना ४ ख ७७४८ नम्बर ट्रकसहित गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ११ वटा पोकामध्ये ९ वटामा ३१ किलोका दरले र २ वटामा १५ किलोका दरले गाँजा बरामद भएको छ ।

लागूऔषधको कारोाबार भएको सूचना आएपछि गएको प्रहरीको अनुगमन टोली खटिएको थियो । प्रहरी टोलीलाई देखेर ट्रकका चालक फरार भएपछि ट्रकमा खोजतलासी गर्दा ठूलो मात्रामा गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

ट्रकका चालक एवं गाँजा ओसारपसार गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: Sep 13, 2020| 12:19 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।