शुक्रबार, भदौ १२, २०८३

बाग्लुङमा पनि पहिरो गयो, २ जनाको मृत्यु

बाग्लुङको छुट्टा छुट्टै दुई स्थानमा गएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं- बाग्लुङको छुट्टा छुट्टै दुई स्थानमा गएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

रातिदेखि परेको पानीको कारण जैमिनी नगरपालिका–५ बिनामारेमा पहिरो जादा एक वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा आन्दाजी ७५ वर्षीय जाल्पादेवी पौडेल रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै जैमिनी नगरपालिका १ टुनिबोटमा पनि पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।घरमाथिबाट सडकमा लगाएको ग्याविन जालीसहितको पहिरोले घर पुरिदा अन्दाजी ६५ वर्षीय लक्ष्मीदेवी पाध्याको घरभित्रै पुरिएर मृत्यु भएको हो।

शनिबार राति नै सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको पहिरोमा परि १८ गए बगाएको छ । जसमा परेर बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको छ भने अझै कम्तिमा २५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित: Sep 13, 2020| 10:51 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।