शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोक पहिरो अपडेट : ७ जनाको शव भेटियो, २४ जना बेपत्ता

सिन्धुपाल्चोक पहिरो अपडेट : ७ जनाको शव भेटियो, २४ जना बेपत्ता

सिन्धुपाल्चोकको बाह्रबिसेमा मध्यरातमा आएको पहिरोमा परि बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको छ । पहिरोले १८ घर बगाउँदा अझै कम्तिमा २४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसेमा मध्यरातमा आएको पहिरोमा परि बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको छ ।

पहिरोले १८ घर बगाउँदा अझै कम्तिमा २४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाह्रबिसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा खसेको पहिरोले कम्तीमा ८ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको प्रहरीले जनाएको छ।

दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका सातै जनाकाे परिचय खुलेको छ। ज्यान गुमाउनेहरुमा ६२ वर्षिया भक्तीमाया श्रेष्ठ, २३ वर्षिया जुनु विक, २४ वर्षिय सुकलाल बिक, २४ वर्षका सन्देश बिक, ८ वर्षिया सर्किनी नेवार, ६५ वर्षका धनलाल नेवार र ६५ वर्षिय टासी शेर्पा रहेका छन्।

पहिरोमा परेर अन्य २४ जना बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकरी दिए।

स्थानीयका अनुसार अनुसार मध्यरातमा सबै सुतेका बेला माथिबाट आएको पहिरोले घर बगाएको थियो। बेपत्ता भएकाहरुको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा पनि पुगेका छन् ।

यसअघि साउन ३० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको पहिरोले १३ घर बगाउँदा २० जनाभन्दा बढिको मृत्यु भएको थियो।

प्रकाशित: Sep 13, 2020| 10:31 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।