शुक्रबार, भदौ १२, २०८३

सिन्धुपाल्चोकमा फेरि पहिरो, मध्यरातमा १८ घर पुरिए

मध्यरातमा बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको प्रहरीले जनाएको छ ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं– सिन्धुपाल्चोककाे बाह्रबिसेमा फेरि भीषण पहिरो गएको छ। 

मध्यरातमा बाह्रबिसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा खसेको पहिरोले कम्तीमा ८ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको प्रहरीले जनाएको छ। 

पहिरोमा परेर ठूलो मानविय क्षति भएको स्थानीयको भनाइ छ। उनीहरुका अनुसार मध्यरातमा सबै सुतेका बेला माथिबाट आएको पहिरोले घर बगाएको थियो।

नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् भने भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयको भनाइ छ।

उद्धार र बेपत्ताको खोजीका लागि अझै प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन।

सिन्धुपाल्चोक नै घर भएका सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले स्थानीय शिक्षक बजिर भण्डारीको भनाइ उद्धृत गर्दै सामाजिक सञ्जाल फेसबुकमा घटना बारे लेखेका छन् ।

उनले लेखेका छन्– सिन्धुपाल्चोकमा फेरि अर्को बिपत्ति : जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा खसेको पहिरोले कम्तीमा ८ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ।

स्थानीय शिक्षक बजिर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन्। भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयको भनाइ छ।

यसअघि साउन ३० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको पहिरोले १३ घर बगाउँदा २० जनाभन्दा बढिको मृत्यु भएको थियो।

प्रकाशित: Sep 13, 2020| 06:46 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।