शुक्रबार, भदौ १२, २०८३

चितवनमा २६ जना कोरोना संक्रमितको मृत्यु

जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६  पुगेको छ ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

चितवन जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६  पुगेको छ ।

ती मध्ये १६  जना चितवनका  छन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लाका अस्पताल र घरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने सो सङ्ख्या पुगेको हो । एक जनाको घरमा मृत्यु भएको हो भने अन्यको उपचारका क्रममा जिल्लाको अस्पतालमा मृत्यु भएको हो ।

चितवनका १६  मकवानपुरका ५ , नवलपरासी सुस्ता पूर्वका ३ , गोर्खा र कैलालीका १÷१ जनाको कोरोनाबाट  मृत्यु भएको हो । जिल्लाको सबै भन्दा वढी भरतपुर महानगरपालिकामा कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार महानगरमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

यस्तै कोरोना सङ्क्रमणबाट रत्ननगरमा ३ , खैरहनीमा र  राप्ती नगरपालिकामा २–२ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । एक जना वृद्धाको कोरोना सङ्क्रमणका कारण घरमा नै मृत्यु भएको हो भने अरु सबैको अस्पतालमा उपचारका क्रममा र अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा नै मृत्यु भएको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार २ सय ४३ पुगेको छ । ती मध्ये ५ सय ७ जना महिला र ७ सय ३६ जना पुरुष रहेका छन् । सङ्क्रमितमध्ये धेरै भरतपुर महानगरका रहेका छन् । भरतपुरमा आजसम्म ८ सय ५१ जनामा कोरोना सङ्क्रमण भएको उनले जानकारी दिए।

यस्तै रत्ननगरमा नगरपालिकामा १ सय ३६ जनामा कोरोना देखिएको छ । राप्तीमा नगरपालिकामा ९९, खैरहनी नगरपालिकामा ६४, माडी नगरपालिकामा ५३, कालिका नगरपालिकामा ३६  र इच्छाकामना गाउँपालिकामा ४ जनामा कोरोना देखिएको छ । सङ्क्रमित मध्ये हाल सम्म २ सय ९९ जना निको भएर घर फर्किसकेका उनले जानकारी दिए । जिल्लामा हाल सक्रिय सङ्क्रमित ९ सय २८ जना रहेका छन् ।

भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड १९ प्रयोगशालामा हालसम्म २३ हजार १ सय ३० जनाको परीक्षण गरिएको छ । ती मध्ये १९ हजार ७ सय चितवनका हुन भने अन्य वाहिरी जिल्लाका हुन् । भरतपुर अस्पतालले हालसम्म कोरोना सङ्क्रमित २ सय ८० जनाको उपचार गरेकोमा १ सय ९२ जना निको भएर घर फर्किएका छन् । हाल ७६ जना उपचारका क्रममा रहेका छन् भने १२ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: Sep 13, 2020| 05:53 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।