शुक्रबार, भदौ १२, २०८३

सामाजिक दूरी कायम गर्दै वाग्मती सफाइ

काठमाडौं- वाग्मती सफाइ महाअभियानको ३८३ औँ हप्तामा गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा सफाइ गरिएको छ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं- वाग्मती सफाइ महाअभियानको ३८३ औँ हप्तामा गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा सफाइ गरिएको छ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिम रहँदा पनि भौतिक दूरी कायम गरी करिब ६० जना अभियानकर्मीको सक्रियतामा सफाइ अभियानलाई निरन्तरता दिइएको हो।

नदी किनारमा आउन नसक्ने अभियानकर्मीले भने आफ्नो टोलमै सफाइ अभियानलाई निरन्तरता दिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए।

सफाइमा पूर्व मुख्यसचिव एवं सफाइ अभियानकर्मी लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेललगायत अभियानकर्मीको सक्रियता रहेको सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन्।

मुहानदेखिकै वाग्मती सफाइ अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले ३४२ औँ हप्ताको सफाइ गोठाटार पुलमुनिको नदी किनारमा सम्पन्न गरेको छ । भौतिक दूरी कायम गर्दै सफाइ गरेर कुहिने र नकुहिने फोहर वर्गीकरण गरिएको थियो । कुहिने फोहर नदी किनारमै गाडिएको थियो । नकुहिने फोहर भने नगरपालिकाको गाडीले व्यवस्थापन गरेको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले सुनाए ।  रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथका विभिन्न भागमा पनि भौतिक दूरी कायम गर्दै सफाइ अभियान सञ्चालन गरिएको जनाइएको छ ।

प्रकाशित: Sep 13, 2020| 05:21 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।