शुक्रबार, भदौ १२, २०८३

महाधिवेशन सफल बनाउन दाहालको आह्वान

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बहस र छलफलको प्रक्रियालाई अघि बढाएर महाधिवेशन सफल बनाउन आह्वान गरेका छन्।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बहस र छलफलको प्रक्रियालाई अघि बढाएर महाधिवेशन सफल बनाउन आह्वान गरेका छन्।

१० असारदेखि सुरू भएको पार्टीको स्थायी कमिटी बैठकको आज समापन गर्दै दाहालले पार्टीलाई अझ सुदृढ बनाएर अघि बढ्न आग्रह गरेका हुन्।

‘पार्टीलाई दुर्घटनाबाट बचाउँदै पार्टी एकताको रक्षा गरेर अझ बढी मजबुत र रुपान्तरण गर्ने गरी बैठकले ढोका खोलेको छ,’ दाहालको भनाइ उधृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘विचारको बहस गर्दै पार्टीलाई एकताबद्व पार्न यो बैठक सफल भएको छ।’

विभिन्न उतारचढाव र छलफलबाट शिक्षा लिँदै आगामी दिनमा पार्टी एकताको उद्येश्यलाई पूरा गर्ने गरी छलफल बहस अघि बढ्ने दाहालको भनाइ थियो।

प्रकाशित: Sep 11, 2020| 17:57 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।