शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थायी कमिटी बैठकमा ओलीले भने– नेकपा तोडफोड गर्ने देशीविदेशी शक्तिको प्रयास असफल भयो

स्थायी कमिटी बैठकमा ओलीले भने– नेकपा तोडफोड गर्ने देशीविदेशी शक्तिको प्रयास असफल भयो

सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई कमजोर बनाएर तोडफोड गर्ने देशीविदेशी शक्तिको प्रयास असफल भएको बताएका छन्।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई कमजोर बनाएर तोडफोड गर्ने देशीविदेशी शक्तिको प्रयास असफल भएको बताएका छन्।

स्थायी कमिटी बैठकको शुरुमै आफ्नो धारणा राख्दै ओलीले बैठकले पार्टीभित्रको समस्या र अन्तरविरोधलाई समाधान दिएको बताए।

बैठकले नयाँ उचाइको एकता प्रदान गरेको ओलीले बताएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘देशीविदेशी तथा प्रतिक्रियावादी शक्तिले कमजोर बनाउन र तोडफोड गर्ने चाहना राखेका थिए। यो बैठकले उनीहरुको चाहना असफल गरेको छ,’ ओलीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने।

असार १० गतेदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठक बीचमा लामो समय अनिश्चित बनेर आज सकिएको हो।

प्रकाशित: Sep 11, 2020| 17:47 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।