काठमाडौं– नेपालमा आजसम्म कोरोना भाइरस संक्रमणबाट ३६ हजार ६७२ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ७०.६ प्रतिशत हो।
आजसम्म देशभर संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ।
पछिल्लो २४ घण्टामा ९७२ जना कोरोना भाइरस मुक्त भएका छन्।
आजसम्म प्रदेश १ बाट तीन हजार ३२४ जना, प्रदेश २ बाट १० हजार २४२ जना र बागमतीबाट ६ हजार ५३५ जना कोरोना मुक्त भएका छन्।
गण्डकीबाट दुई हजार १४३, प्रदेश ५ बाट ६ हजार २४८ जना, कर्णालीबाट दुई हजार ४७० जना र सुदूरपश्चिम प्रदेशबाट पाँच हजार ७१० जना कोरोनामुक्त भएको मन्त्रालयको विवरणमा उल्लेख छ।
