शुक्रबार, भदौ १२, २०८३

प्रदेश १ मा १२१ संक्रमित थपिए, ६६ जना डिस्चार्ज

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२१ जना कोरोना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२१ जना कोरोना संक्रमित थपिएका छन्।

मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विराटनगरमा शुक्रबार ३२ जनामा संक्रमण देखिएको छ। १२ महिला र २० पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको धनपालथानमा १ महिला ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षीमा १ पुरुष, बुढीगंगामा १ महिला, सुनसरीको धरानमा ३ महिला २० पुरुष, दुहवीमा ७ महिला १ पुरुष, इटहरीमा १ महिला ५ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, इनरुवामा २ पुरुष र गढीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको छ।

उता झापाको दमकमा ६ महिला ३ पुरुष, मेचीनगरमा १ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, कनकाईमा १ महिला, संखुवासभाको चैनपुरमा १ महिला १० पुरुष, धर्मदेवीमा १ पुरुष, उदयपुरको चौदण्डीगढीमा १ महिला र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६१९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । विराटनगरकी एक महिलाको मृत्यु भएको हो। हाल सम्म प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

प्रदेश १ मा शुक्रबार ६६ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ चतराधामबाट ३९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, मेची अस्पताल झापाबाट १० र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन्।

प्रदेश १ मा शुक्रबारसम्म २ हजार १९ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा शुक्रबार ९ सय ३० जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये ३७ महिला र ८४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हालसम्म १ लाख ५ हजार ७७४ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित: Sep 11, 2020| 17:02 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।