काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ४ जना पुरुषको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोरङकी ४० वर्षिय महिला, महोत्तरीका ६५ वर्षिय पुरुष, धनुषाका ४५ वर्षिय पुरुष, काठमाडौंका ७० वर्षिय र नवलरासीका ५५ वर्षिय पुरुष रहेको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा ३२२ जना संक्रमितको निधन भइसकेको छ।
पहिलोपटक गत जेठ ३ गते कोरोना संक्रमति सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।
